काठमाडौं । कोरोना महामारी कारण लामो समयदेखि सिनेमा हलहरू खुल्न सकेका छैनन् । यस्तो अवस्थामा कतिपय फिल्महरू विभिन्न ओटीटी प्लेटफर्ममार्फत रिलिज भइरहेका छन् ।
जसको एउटा उदाहरण भारत हो । भारतमा बनेका धेरैजसो फिल्म पछिल्लो समय नेटफ्लिक्स, डिज्ने प्लस लगायतका ओटीटी सेवा प्रदायकबाट रिलिज भएका छन् ।
सलमान खानको राधे, सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ जस्ता ठूलो फिल्म ओटीटीमार्फत नै रिलिज भएका थिए ।
याे क्रम नेपाली बजारमा पनि सुरू भएकाे छ । नेपालका केही चलचित्र यहाँका ओटीटी मार्फत नै रिलिज भएका छन् । जसमा पे पर भ्यू (पीपीभी) अर्थात पैसा तिरेर मोबाइल तथा टिभीमा आफ्ना परिवारसँग बसेर हेर्न सकिन्छ ।
यही क्रममा ‘ओहो! मुभी’ ले पनि यसको सुरुवात गरेको छ । जसमार्फत हिन्दी तथा नेपाली चलचित्र हेर्न सकिने छ ।
यही २७ तारिख अर्थात भदौ ११ गते चर्चित कलाकार सिताराम कट्टेल तथा कुञ्जना घिमिरे (धुमुर्स–सुन्तली) द्वारा निर्देशित चलचित्र ‘म त मर्छु कि क्या हो’ रिलिज हुँदैछ ।
‘ओहो! मुभी’ बाट मात्रै उपलब्ध हुने उक्त फिल्म हेर्नका लागि प्रयोगकर्ताले तोकिएको शुल्क बुझाउनु पर्नेछ । जसको पेमेन्ट पार्टनरको रुपमा प्रभु पे वालेट रहेको छ ।
त्यसैले यहाँ हामी प्रभु वालेटमार्फत ‘ओहो! मुभी’ मा उपलब्ध हुने ‘म त मर्छु कि क्या हो’ चलचित्रका साथै अन्य उपलब्ध चलचित्र कसरी हेर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।
त्यसका लागि सबैभन्दा पहिलो तपाईंसँग प्रभु पे वालेट हुन आवश्यक छ । भने, प्रभु पे अकाउन्ट भेरिफाइ (प्रमाणित) भएको खण्डमा अझ प्रभावकारी हुनेछ ।
यदि तपाईंसँग प्रभु पे वालेट छ भने अब वालेटमार्फत ओहो मुभीको कोड कसरी खरिद गरेर हर्ने त ?
त्यसका लागि सुरुवामा प्रभु वालेट खोल्नुहोस् र त्यहाँ रहेको ‘ओहो’ मुभी भन्ने सेक्सनमा क्लिक गर्नुहोस् ।
त्यहाँ क्लिक गरेसँगै फिल्मको पोस्टर सहितको सूची उपलब्ध हुनेछ ।
त्यसमध्ये आफूले हेर्न चाहेको चलचित्रमा क्लिक गर्नुहोस् । अब त्यहाँ ‘कन्फर्मेसन’ को स्क्रिन खुल्नेछ । त्यसमा रहेको ‘कन्फर्म’ मा क्लिक गर्नुहोस् ।
त्यति गरेसँगै त्यहाँ नयाँ स्क्रिनमा खुल्नेछ । जहाँ ‘मुभी कोड’ देखा पर्नेछ । उक्त कोड ‘कपी’ गर्नुहोस् ।
अब तपाईं ओहो! मुभीको एप खोल्नुहोस् । त्यहाँ यसअघि तपाईंले प्रभु पेमा छनोट गर्नु भएको मुभीमा क्लिक गर्नुहोस् । अब त्यहाँ ‘प्ले नाउँ’ र ‘वाच टेलर’ भन्ने अप्सन देख्नुहुनेछ ।
त्यसमध्ये ‘प्ले नाउ’ मा क्लिक गर्नुहोस् । त्यती गरेसँगै यसअघि प्रभु पेमा तपाईंले ‘कपी’ गर्नु भएको ‘मुभी कोड’ लाई त्यहाँ ‘पेस्ट’ गर्नुहोस् र ‘अप्लाई’ बटमा क्लिक गर्नुहोस् ।
‘अप्लाइ’ मा क्लिक गरेसँगै अब ओहो मुभीमार्फत तपाईंले आफूले चाहेको फिल्म मोबाइल तथा टिभीमार्फत सहज रुपमा हेर्न सक्नुहुनेछ ।