close

ह्वाट्सएपमा नयाँ फिचर, अब एकपटक हेरेपछि फोटो आफैं हराउने

टेकपाना टेकपाना

साउन २१, २०७८ ११:४३

ह्वाट्सएपमा नयाँ फिचर, अब एकपटक हेरेपछि फोटो आफैं हराउने

काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपले पछिल्लो समय प्रयोगकर्तालाई विभिन्न फिचर उपलब्ध गराउँदै आएको छ । जुन प्रयोगकर्ताको आवश्यकता र समयअनुसार सहयोगी पनि छन् ।

त्यस्तै एक फिचरका रुपमा कम्पनीले हालै ‘डिसएपिएरिङ इमेज’ अर्थात फोटो हराउने फिचर प्रयोगकर्तामाझ उपलब्ध गराएको छ ।

योसँगै अब तपाईंलाई कसैले ह्वाट्सएपमा पठाएको फोटो एक पटकमात्रै हेर्न सक्नुहुनेछ । एक पटक हेरेसँगै उक्त फोटो स्वतः हराउने छ ।

यही फिचर हाल फोटो शेयरिङ प्लेटफर्म स्न्यापच्याटमा पनि उपलब्ध रहेको छ । स्न्यापच्याटमा जस्तै ह्वाट्सएपले आफ्ना प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराएको हो ।

कम्पनीले यसलाई ‘भ्यु वान्स’ नाम दिएको छ । जसमा कसैले पठाएको फोटो एकपटक हेरेसँगै आफैं म्यासेजमार्फत हराउने छ ।

त्यतिमात्रै नभएर त्यसरी पठाएको फोटो डाउनलोडका लागि पनि उपलब्ध हुने छैन । यो फिचर प्रयोग गर्नका लागि म्यासेजको डेटिङमा ‘टाइमर इमेज’ उपलब्ध छ ।

यसको अर्थ जब तपाईंले कसैलाई फोटो पठाउँदै हुनुहन्छ भने फोटो सेलेक्ट गरेसँगै म्यासेज लेख्ने ठाउँमा टाइमर बटन देख्नुहुनेछ ।

उक्त बटनमा क्लिक गरेसँगै उक्त फोटोका लागि ‘भ्यु वान्स’ फिचर अन हुनेछ । त्यसपश्चात् तपाईंले फोटो सेन्ड गरेको खण्डमा फोटो प्राप्त गर्ने व्यक्तिले एक पटकभन्दा बढी हेर्न पाउने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१