close

टिकटक बनाउँदा एक लाख जित्ने अवसर

टेकपाना टेकपाना

साउन २५, २०७८ १८:६

टिकटक बनाउँदा एक लाख जित्ने अवसर

काठमाडौं । ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ । यस प्रतियोगिताका लागि निःशुल्क रजिस्ट्रेशन गर्न सकिनेछ ।

ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छाअनुसार जुनसुकै किसिमको भिडियो बनाएर सहभागी हुन सकिनेछ ।

यसका लागि सहभागीले ग्यापुको वेबसाइटमा गएर ‘टिकटक हिरोज’को ब्यानरमा क्लिक गरी रजिस्टर भन्ने अप्सनमा गएर आफ्नो सहभागिताका लागि फारम भर्नुपर्ने हुन्छ । अथवा सहभागीले ग्यापुको मोबाइल एपमार्फत पनि फारम भर्न सक्छन् ।

साउन ३१ गतेसम्म सहभागीले आफ्नो नाम प्रतियोगिताका लागि दर्ता गराउन सक्ने जनाइएकाे छ । यसअन्तर्गत पहिलो हुने सहभागीले एक लाख रुपैयाँको नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले विभिन्न गिफ्ट ह्याम्परहरु पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३