close

मोरु वालेटको ‘सुपर वुमन अफर’, महिला प्रयोगकर्तालाई डबल बोनस

टेकपाना टेकपाना

साउन २६, २०७८ १८:२

मोरु वालेटको ‘सुपर वुमन अफर’, महिला प्रयोगकर्तालाई डबल बोनस

काठमाडौं । डिजिटल वालेट कम्पनी मोरुले महिला प्रयोगकर्तालाई लक्षित गर्दै ‘सुपर वुमन बोनस’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । जसमार्फत मोरुका महिला प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताको तुलनामा डबल बोनस प्राप्त गर्नेछन् ।

कम्पनीले डिजिटल कारोबारमा महिलाको उपस्थितिलाई बढाउने उद्देश्यका साथ यो योजना अघि बढाएको हो । कम्पनीका अनुसार हाल डिजिटल कारोबारमा जम्मा ५ प्रतिशत मात्रै सक्रिय महिला प्रयोगकर्ता छन् ।

यस्तोमा महिलालाई डिजिटल कारोबारमा सक्रिय गराउने उद्देश्यले नयाँ योजना अघि बढाइएको हो । यसमा महिला प्रयोगकर्ताले मोरु एपमार्फत मोबाइल टपअप, टिभीको बिल, डेटा प्याक, भ्वाइस प्याक लगायत मोरुमा उपलब्ध सर्भिसको शुल्क भुक्तानी गर्दा डबल बोनस प्राप्त गर्नेछन् ।

उदाहरणका लागि हाल मोरुबाट मोबाइलको रिचार्ज गर्दा तीन प्रतिशत बोनस प्राप्त हुँदै आएको छ । यो सामान्य प्रयोगकर्ताको हकमा हो । तर, महिला प्रयोगकर्ताको हकमा उक्त तीन प्रतिशतका साथै थप तीन प्रतिशत गरी कुल ६ प्रतिशत बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हुन त कम्पनीले प्रयोगकर्तालाई क्यासब्याक भने उपलब्ध गराउँदैन । कम्पनीले त्यसलाई बोनसको रुपमा उपलब्ध गराउने हो । जसलाई प्रयोगकर्ताले आफूले चाहेअनुसार प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३