close

साओमीले ल्यायो चार खुट्टा भएको ‘साइबरडग’ रोबोट, के गर्ला काम ?

टेकपाना टेकपाना

साउन २७, २०७८ १४:३१

साओमीले ल्यायो चार खुट्टा भएको ‘साइबरडग’ रोबोट, के गर्ला काम ?


काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमीले ‘साइबरडग’ रोबोट सार्वजनिक गरेको छ । ओपनसोर्समा आधारित भएर कम्पनीले चार खुट्टे रोबोट निर्माण गरेको हो ।

यो रोबोट हेर्दा ‘बोस्टन डाइनामिक स्पट’ को व्यवस्थित भर्सन जस्तो देखिन्छ । जसलाई साओमीका इन्जिनियरहरूको एउटा प्रयोगका रुपमा लिइएको छ । योसँगै साइबरडग चार खुट्टा भएको रोबोटमा एउटा नवीनतम उदाहरण भएको छ ।

यसअघि चार खुट्टा भएको रोबोट अमेरिकाको बोस्टन डाइनामिक्स कम्पनीले निर्मा‍ण गरेको थियो । जसको नाम ‘स्पट’ दिइएको छ ।

उक्त रोबोट अघिल्लो वर्षदेखि बिक्री सुरु भएको थियो, जसको मूल्य ७४ हजार ५ सय अमेरिकी डलर तोकिएको छ ।

‘स्पट’ को प्रयोग विभिन्न क्षेत्रमा भइरहेको छ । जसमा घातक खानीहरूको सर्वेक्षण गर्न, डक्टरलाई बिरामीबाट टाढा बसेर काम गर्न सहयोग गर्दै आएको छ । जसको परिक्षण अमेरिकी आर्मीले समेत गरिसकेको छ ।

तर, साओमीले सार्वजनिक गरेको उक्त ‘साइबरडग’ कुन प्रयोजनका लागि भन्ने विषयमा उल्लेख गरिएको छैन ।

ओपन सोर्समा आधारित यो रोबोट पहिलो चरणमा एक हजार युनिट निर्माण गरिने जनाइएको छ । जसको बजारमा मूल्य ‘स्पट’ को भन्दा धेरै नै सस्तो हुने उल्लेख छ ।

कम्पनीका अनुसार यो रोबोटको मूल्य ९,९९९ युआन (एक लाख ८३ हजार रूपैँयाको हारहारीमा) पर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३