काठमाडाैं । स्मार्टफोन अब सञ्चारको माध्यम मात्र रहेन,अब यो हाम्रो वालेट, हाम्रो फोटो एल्बम अनि हाम्रो बैंक पनि भइसक्यो । स्मार्टफोनबाटै हामीले साधारणदेखि जटिल काम सम्पन्न गर्न सक्ने भएका छौं ।
स्मार्टफोनमा यति धेरै फङ्सन र सेटिङ हुन्छन् कि, हामीलाई सबै थाहा नहुन सक्छ ।
स्मार्टफोनलाई अझ स्मार्ट बनाउने त्यस्ता सेटिङ्स थाहा पाइराख्नु हामी सबैका लागि फाइदाजनक हुन्छ ।
एन्ड्राेइड फाेनमा यी सेटिङको प्रयोग सरल रूपमा गर्न र लाभ लिन सजिलो होस् भनेर हामीले यो छोटो भिडिओ बनाएका छौं ।