close

मोबाइल बैंकिङ र क्यूआरबाट भुक्तानी गर्दा स्वास्थ्य सेवामा १० प्रतिशत छुट

टेकपाना टेकपाना

साउन ३१, २०७८ ८:४

मोबाइल बैंकिङ र क्यूआरबाट भुक्तानी गर्दा स्वास्थ्य सेवामा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सम्यक डाईगोष्टिक प्राइभेट लिमिटेडमा भुक्तानी गर्दा छुट पाउने भएका छन् ।

बैंक र उक्त कम्पनीबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले सम्यक डाईग्रोष्टिकलेले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्यक डाईग्रोष्टिक प्रा.लि. ले काण्ठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१