close

तिलोत्तमा नगरपालिकामा अनलाइनबाट घर नक्सा पास

टेकपाना टेकपाना

भदौ ७, २०७८ ९:१५

तिलोत्तमा नगरपालिकामा अनलाइनबाट घर नक्सा पास

रुपन्देही । तिलोत्तमा नगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ । पेपरलेस नगरपालिकाको अवधारणा अनुसार नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कार्यान्व्यनमा ल्याएको हो ।

यो सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् । यसपछि नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।

छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने बताइएकाे छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने नगरपालिकाको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१