close

आलोचकका लागि केपी ओलीले उपलब्ध गराए आफ्नो निजी मोबाइल नम्बर

टेकपाना टेकपाना

पुस १८, २०७९ १६:५३

आलोचकका लागि केपी ओलीले उपलब्ध गराए आफ्नो निजी मोबाइल नम्बर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणका लागि आफ्नो निजी नम्बर उपलब्ध गराएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा ओलीले आफ्नाे आलोचना गर्नेहरूका लागि मोबाइल नम्बर उपलब्ध गराएका हुन् ।

"मेरो आलोचना केही छ भने गर्नुहोस्," अन्तर्क्रिया कार्यक्रममा सहभागीलाई केन्द्रित गर्दै ओलीले भने, "अहिले भ्याउनुहुन्न भने घर गएर मेरो ईमेल एड्रेस [email protected] मा आलोचना पठाउन सक्नुहुन्छ । यदि नम्बर चाहिन्छ भने पनि टिपाइदिन्छु, ९८५११३१५२२/९८५११३१५२३ । तपाईँले कडा आलोचना पठाउन सक्नुहुन्छ ।"

आलोचकका कुरामा दम भेटिए त्यहीँ एक्लै नतमस्तक गरेर शिर निहुराउने पनि उनले प्रतिबद्धता जनाए ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ १६:५६