close

इन्टरनेट, आईपीटिभी र भ्वाइस सेवा समावेश टेलिकमको 'ट्रिपल प्ले प्याक'को शुल्क घट्यो

टेकपाना टेकपाना

पुस २८, २०७९ ९:९

इन्टरनेट, आईपीटिभी र भ्वाइस सेवा समावेश टेलिकमको 'ट्रिपल प्ले प्याक'को शुल्क घट्यो

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत इन्टरनेट व्याण्डविथसहित आईपीटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक मूल्य घटाएको छ । यसअन्तर्गत ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक लिने ग्राहकका लागि नवीकरण शुल्क घटेको कम्पनीले जानकारी दिएको छ ।

अब वार्षिक ४० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आईपीटिभी र भ्वाइस सेवा लिने ग्राहकले १६ हजार ६८२.६४ रुपैयाँमा ट्रिपल प्ले प्याक नवीकरण गर्न सक्नेछन् ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आईपीटिभी र भ्वाइस सेवा लिने ग्राहकले २१ हजार ५४१.५४ रुपैयाँमा ट्रिपल प्ले प्याक नवीकरण गर्न सक्ने टेलिकमले जनाएको छ ।

एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ ९:१३