close

रियलमीको कोकाकोला फोन बिक्रीका लागि खुला, के नेपालीले किन्न पाउँछन् ?

टेकपाना टेकपाना

माघ २८, २०७९ १३:३७

रियलमीको कोकाकोला फोन बिक्रीका लागि खुला, के नेपालीले किन्न पाउँछन् ?

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाइरहेको कोका-कोला ब्रान्डको स्मार्टफोनकाे बिक्री खुलाइएकाे छ । चिनियाँ मोबाइल निर्माता कम्पनी रियलमीले कोका-कोलासँग सहकार्य गरी ल्याएकाे यो फोन भारतीय बजारमा बिक्रीका लागि खुला गरिएकाे हाे ।

कम्पनीले रियलमी १० प्रो फाइभी मोडेलको कोका-कोला संस्करण ल्याएकाे हाे । फोनकाे लुक्स हेर्दा कोका-कोलाकाे जस्तै रातो र कालो रङकाे देखिन्छ भने रिङटोन, नोटिफिकेसन साउन्ड तथा क्यामेरा फिल्टरहरू पनि कोका-कोलासँग सम्बन्धित नै छन् ।

सँगै फोनमा १२० हर्जको रिफ्रेसरेट सहितको डिस्प्ले, ५,००० एमएएचको ब्याट्री र १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

कोका-कोलाकाे प्रवर्द्धन गर्न लिमिटेड एडिसनका रुपमा ल्याइएकाे याे फोन भ्यालेन्टाइन्स विकको अवसर पारी भारतमा उपलब्ध गराइएकाे रियलमीले जनाएकाे छ । प्रयोगकर्ताले २५५ डलर (२० हजार ९९९ भारू) मा ८ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको यो फोन खरिद गर्न सक्नेछन् ।

नेपाली बजारमा भने याे फाेन उपलब्ध गराउनेबारे कम्पनीले कुनै याेजना नल्याएकाे बुझिएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ १३:४०