close

नेपाली बजारमा बोटको दुई नयाँ स्मार्टवाचसँगै इयरबड सार्वजनिक

टेकपाना टेकपाना

माघ २५, २०७९ ९:८

नेपाली बजारमा बोटको दुई नयाँ स्मार्टवाचसँगै इयरबड सार्वजनिक

काठमाडौँ । भारतीय वेरेबल ब्रान्ड बोटले नेपाली बजारमा आफ्नो स्मार्टवाचहरू पनि सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा 'बोट एक्सटेन्ड प्रो' र वेभकल नामको स्मार्टवाच भित्र्याएको छ । 

बोट एक्सटेन्ड प्रोमा १.७८ इन्चको एमोलेड डिस्प्ले छ भने यो स्मार्टवाच ३० मिनेटमा नै फूल  चार्ज हुन्छ । एकपटकको फूल चार्जमा १० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

यसमा ब्लुटुथ कलिङ फिचरसँगै एक डायल प्याड पनि रहेको छ  जसमा आफ्नो १० सम्पर्क नम्बरहरू सेभ गर्न र कल गर्न सकिन्छ । यसमा ७०० भन्दा बढी एक्टिभ मोडहरू छन् । नेपाली बजारमा यो स्मार्टवाचको मूल्य ७ हजार ४९९ रुपैयाँ रहेको छ । 
 

त्यसैगरी १.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको बोट वेभकल स्मार्टवाचमा पनि ब्लुटुथ कल फिचर उपलब्ध छ । यो स्मार्टवाच एकपटकको फूल चार्जमा १० दिनसम्म प्रयोग गर्न सकिन्छ ।

यसमा पनि १० जनासम्मको सम्पर्क नम्बरहरू सेभ गरेर कल गर्न सकिन्छ भने यसमा १०० भन्दा बढी वाचफेसहरू उपलब्ध छन् । नेपाली बजारमा यो स्मार्टवाचको मूल्य ४ हजार ९९९ रुपैयाँ रहेको छ । 

यसको साथै कम्पनीले नयाँ इयरबड 'इयरडोप्स फोरवनवन एएनसी' (Airdopes 411 ANC) सार्वजनिक गरेको छ । नोइज क्यान्सिलेसन फिचर भएको यो इयरबडमा २५ डीबी सम्मको बाहिरका आवाजहरू छेक्न सक्छ ।

यसले १७.५ घण्टासम्मको  प्लेब्याक टाइम प्रदान गर्दछ । १० मिनेटको चार्जमा यो इयरबड एक घण्टासम्म चलाउन सकिन्छ । नेपाली बजारमा यो इयरबडको मूल्य ५ हजार २९९ रुपैयाँ रहेको छ । 
 

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ ९:१५