close

ग्राहकको पैसा काटिएको विषयमा टेलिकमलाई नियामकको २४ घण्टे स्पष्टीकरण

टेकपाना टेकपाना

फागुन ४, २०७९ १८:४७

ग्राहकको पैसा काटिएको विषयमा टेलिकमलाई नियामकको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स काटिएको सम्बन्धमा नेपाल टेलिकमलाई २४ घण्टाभित्र कारण खुलाउन निर्देशन दिएको छ । बिहीबार टेलिकमका ६० हजारभन्दा धेरै पोस्टपेड मोबाइलका ग्राहकको ब्यालेन्स 'गायब' भएको थियो ।

यो विषयमा सामाजिक सञ्जालमा पनि धेरै प्रयोगकर्ताले आफ्नो ब्यालेन्स हराएको, उल्टै पैसा तिर्नुपर्ने भएको, फोनमा ब्यालेन्स कम हुने तथा ‘वन वे’ हुने समस्या भएको भन्दै गुनासो गरेका थिए ।

यसैक्रममा पत्रकार गजेन्द्र बुढाथोकीले ट्वीटरमा आफ्नो भएको ब्यालेन्स काटेर उल्टै धेरै रकम तिर्नुपर्ने भएको भन्दै ट्वीट गरे ‘‘हिजो फेरि टेलिकमको बिलिङ प्रणाली बिग्रेको भन्थे । हिजो साँझसम्म ब्यालेन्समा ५३० रूपैयाँ थियोे । राति त्यो चैट पारी वरी उल्टै ७६३ रुपैयाँ तिर्नुपर्ने बनाएर  वान वे गरिदिएछ । पोस्टपेड प्रयोगकर्ताहरूले चेक गर्नुहोला, तपाईंको पनि ब्यालेन्स यस्तै भएको हुनसक्छ ।’

पत्रकार बुढाथोकीले उठाएको विषयलाई लिएर प्राधिकरणले टेलिकमलाई २४ घण्टाभित्र त्यसको कारण खुलाई जानकारी गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले कम्पनीका पोस्पेड प्रयोगकर्ताको मोबाइल ५३० रुपैयाँ रहेको अवस्थामा उक्त रकम सबै काटेर उल्टै ७६३ रुपैयाँ तिर्नुपर्ने अवस्था देखाएको व्यहोरा सामाजिक सञ्जालमा आएकाले उक्त विषमया २४ घण्टाभित्र स्पस्ट व्यहोरा खुलाई जानकारी गराउन भन्दै बिहिबार टेलिकमलाई निर्देशनसहितको पत्र पठाएको हाे ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ १८:४७