काठमाडौं । हालै सार्वजनिक भएकाे ग्यालेक्सी एस२३ ले कुनै पनि तस्वीरमा लुकेर बसेको मालवेयर पत्ता लगाउनसक्ने सामसङले दाबी गरेकाे छ ।
केही वर्षयता 'जिरो-क्लिक अट्याक' अर्थात् प्रयोगकर्ताले कुनै अनलाइन सामग्रीमा क्लिक वा ट्याप गरेको भरमा डिभाइसमा मालवेयर इन्स्टल हुने घटना बढिरहेका छन् । कुनै पनि ह्याकिङका लागि यो सजिलो माध्यम बन्दै गएको छ ।
यस्ताे आक्रमणबाट जोगिन सामसङले आफ्नो पछिल्लाे स्मार्टफोन ग्यालेक्सी एस२३ मा तस्वीरमा अट्याच भएर आउने मालवेयर पत्ता लगाउने फिचरको विकास गरेको हो । हाल कम्पनीले यो फिचर सामसङको मेसेजिङ एप र गुगल मेसेजमा उपलब्ध गराइसकेको छ ।
यो फिचरले ब्याकग्राउन्डमा रहेर काम गर्ने बताइएकाे छ । यसले प्रयोगकर्ताले आफ्नो डिभाइसमा प्राप्त गरेको (शेयर अथवा डाउनलोड गरेर) तस्वीरहरूलाई डिभाइसबाट छुट्ट्याएर यसमा भएको मालिसियस कोड अथवा कनै तस्वीरमा मालवेयर छ कि छैन भनेर पत्ता लगाउने कम्पनीले उल्लेख गरेकाे छ ।