close

इन्टरनेटका अव्यवस्थित तारले सहर कुरुप भयो, एक साताभित्र हटाऊः ललितपुर महानगर

टेकपाना टेकपाना

फागुन १२, २०७९ ११:१४

इन्टरनेटका अव्यवस्थित तारले सहर कुरुप भयो, एक साताभित्र हटाऊः ललितपुर महानगर

काठमाडौं । ललितपुर महानगरपालिकाले सडक किनारामा राखिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाएको भन्दै एक साताभित्र हटाउन सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै महानगरले इन्टरनेट सेवाप्रदायक र नेपाल टेलिकमका अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरू हटाउन एक साताको समय दिएको हो ।

''महानगरपालिकालाई सुन्दर र स्मार्ट सहर बनाउने हाम्रो अभियानलाई चुनौती दिँदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरूले शहरलाई नै कुरूप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौँ, सूचनामा भनिएको छ ।

सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरूले आफैं नहटाए कारबाही हुने महानगरले चेतावनी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ ११:१४