close

गुगलको नयाँ फिचर, अब विभिन्न डिभाइसमा ई-सिम ट्रान्सफर गर्न मिल्ने

टेकपाना टेकपाना

फागुन १८, २०७९ १६:५१

गुगलको नयाँ फिचर, अब विभिन्न डिभाइसमा ई-सिम ट्रान्सफर गर्न मिल्ने

काठमाडौं । ई-सिम प्रविधि महँगा तथा पछिल्ला केही वर्षयता बजारमा पाइने स्मार्टफोनमा मात्र उपलब्ध हुने फिचर हो । तर, एउटा डिभाइसमा प्रयोग भइसकेको ई-सिम अर्को डिभाइसमा ट्रान्सफर गर्ने काम निकै झन्झटिलो छ ।

यसैकाे समाधानका लागि गुगलले नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । याेसँगै एन्ड्रोइड प्रयोगकर्ताले एउटा डिभाइसमा एक्टिभेट भएको ई-सिमलाई अर्को डिभाइसमा प्रयोग गर्न पाउनेछन् ।

गुगलका अनुसार यो प्रविधिमार्फत प्रयोगकर्ताले सुरक्षित र सहजै एउटा डिभाइसको ई-सिम अर्को डिभाइसमा सार्न सक्नेछन् । यो फिचर प्रयोग गर्ने पहिलो दूरसञ्चार कम्पनी 'Deutsche Telekom' हुने गुगलको भनाइ छ ।

छिट्टै नै गुगलले संसारभरका दूरसञ्चार प्रदायकसँग सहकार्य गरेर यो सुविधा विश्वभरका प्रयोगकर्तामाझ ल्याउने योजना बनाएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०७९ १६:५१