काठमाडाैं । फिनटेक अलायन्स नेपाल (फ्यान)को आयोजनामा भोलि शुक्रबार ‘फिनटेक फ्राइडे’को पहिलो कार्यक्रम आयोजना हुने भएको छ । बौद्धिक अभ्यास, नवप्रवर्तन र सञ्जाल कायम गर्ने उद्देश्यका साथ वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा रुचि राख्नेहरूलाई एक स्थानमा ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको हो ।
हरेक महिना पहिलो शुक्रबार आयोजना हुने यो श्रृङ्खलाको पहिलो भागमा फोनपेका सीईओ दिवश सापकोटा मुख्य वक्ताका रुपमा रहनेछन् । उनले ‘नेपालमा फिनेटक इनोभेसनः वर्तमान र भविष्य’ विषयमा आफ्नो प्रस्तुति दिनेछन् ।
उद्योग वाणिज्य महासंघको सभाहलमा आयोजना हुने यो कार्यक्रमको प्रत्यक्ष प्रसारण फिनटेक अलायन्स नेपालको फेसबुक पेजबाट हुनेछ । फिनटेक फ्राइडेमा भौतिक रुपमा उपस्थित हुन चाहनेहरूले यहाँ क्लिक गरी रजिष्टर गर्नुपर्ने छ ।
सामान्य ह्वाट्सएप ग्रुपबाट सुरु भएको सञ्जालले फिनटेक अलायन्सको स्वरुप ग्रहण गरेको हो । यसमा भुक्तानी सेवाप्रदायक, डिजिटल वालेट, भुक्तानी प्रणाली सञ्चालक, बैंक, आईटी कम्पनी लगायतका फिनटेक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको आबद्धता रहेको छ ।