close

फोरजीमा अपग्रेड गर्ने ग्राहकको घर-घरमा निःशुल्क सिम डेलिभरी गर्दै एनसेल

टेकपाना टेकपाना

फागुन २५, २०७९ १८:०

फोरजीमा अपग्रेड गर्ने ग्राहकको घर-घरमा निःशुल्क सिम डेलिभरी गर्दै एनसेल

काठमाडौं । एनसेलको थ्रीजी सिमलाई फोरजीमा रुपान्तरण गर्न अब कम्पनीको ग्राहक सेवा केन्द्र जानुनपर्ने भएको छ । फोरजीमा अपग्रेड गर्न चाहने ग्राहकले घरबाटै यस्तो सेवा लिन पाउने भएका छन् ।

एनसेलका अनुसार थ्रीजी सिम भएका प्रयोगकर्ताले घरबाटै निःशुल्क फोरजी सिम अर्डर गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो सिम थ्रीजी हो वा फोरजी हो भन्ने जाँच गर्न सबैभन्दा पहिले *३२४# डायल गर्नुपर्छ ।

यदि थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्न चाहनुहुन्छ भने १७१२० मा आफ्नो नाम, फोन नम्बर र ठेगाना लेखेर एसएमएस पठाउनुहोस् । यसरी एसएमएस पठाइसकेपछि कम्पनीले उपाय सिटी कार्गोमार्फत घरमै डेलिभरी गरिदिने बताएको छ ।

कम्पनीले थ्रीजीबाट फोरजी सिम अपग्रेड गर्दा २ जीबी डेटा उपलब्ध गराउने जनाएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १४:०