close

आफ्नै निजी सहर बनाउँदै एलन मस्क

टेकपाना टेकपाना

फागुन २६, २०७९ १०:५८

आफ्नै निजी सहर बनाउँदै एलन मस्क

काठमाडौं । एलन मस्कले आफ्नै निजी सहर बनाउने भएका छन् । वालस्ट्रिट जर्नलमा प्रकाशति एक रिपोर्टका अनुसार अर्बपति मस्क अमेरिकास्थित अस्टिनमा निजी सहर बनाउने योजनामा छन् ।

यसका लागि उनले सो क्षेत्रमा ३५०० एकड जमिन खरिद गरिसकेकाे रिपोर्टमा उल्लेख छ । टेक्सास यूटोपियामा रहेको कोलोराडो नदि किनारमा मस्कले ‘स्नेल ब्रुक’ नामक सहर बनाउन लागेका हुन् ।

मस्कले त्यहाँ आफ्ना कर्मचारीहरु बसाउने याेजना ल्याएका छन् । सहरमा स्विमिङ पुल, आउटडाेर खेल मैदानसहितका १०० भन्दा बढी भवन निर्माण गरिने छ ।

आफ्ना प्रमुख कम्पनीहरु टेस्ला, स्पेसएक्स र बोरिङलगायतका कर्मचारीहरूलाई सहुलियतमा आवास उपलब्ध गराउने उद्देश्यले मस्कले सहर निर्माण गर्न लागेको रिपोर्टमा जनाइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ ११:६