close

यस्ता छन्, आईफोन र एन्ड्रोइडमा भोइस रेकर्ड गर्ने उत्कृष्ट एप

टेकपाना टेकपाना

फागुन २८, २०७९ २०:३८

यस्ता छन्, आईफोन र एन्ड्रोइडमा भोइस रेकर्ड गर्ने उत्कृष्ट एप

काठमाडौं । भोइस रेकर्डिङ गर्दा सामान्यतया महँगा र स्तरीय माइक्रोफोन प्रयोग गरिएको हुन्छ । तर हामीसँग भएको स्मार्टफोनबाटै हामीले गुणस्तरीय रेकर्डिङ गर्न सक्छौं ।

प्रयोगकर्ताले पड्कास्ट वा आफ्नै विचारहरू  रेकर्ड गर्न मोबाइल एप प्रयोग गर्न सक्छन् । शान्त वातावरण तयार पारेर मोबाइल एपबाट नै स्तरीय आवाज रेकर्ड गर्न सकिन्छ ।

हरेक जसो स्मार्टफोनमा बिल्ट इन रेकर्डिङ एप हुने गर्छ । तर ती मध्ये कतिपय एपमा रेकर्डिङका लागि आवश्यक टुलहरू नै हुँदैनन् । त्यस्तै ती एपबाट स्तरीय रेकर्डिङ पनि हुँदैन ।

जसको समाधान भएका केही एपहरू उपलब्ध छन्, जसबाट स्तरीय भोइस रेकर्ड सजिलैसँग गर्न सकिन्छ । यद्यपि महँगा रेकर्डरहरूबाट गरिएको रेकर्ड जस्तो भने हुँदैन । आज हामी तपाईँलाई केही भोइस रेकर्डर एपहरू बारे बताउँदै छौँ ।

 

भोइस मेमोज् (Voice Memos)

आईओएसमा रहेको यो एप प्रि-इन्स्टल भएर आउँछ । यो एपको इन्टरफेस प्रयोग गर्न सजिलो हुनुका साथै निःशुल्क रुपमा उपलब्ध छ । एपबाट अडियो फाइललाई ट्रिमिङ वा एडिट गर्न सकिन्छ ।

आईओएस १४ को अपडेटसँगै उपलब्ध यो एपबाट अडियोको गुणस्तर बढाउन, ब्याकग्राउन्ड नोइज हटाउन सकिन्छ । एपले कम्प्रेसनका लागि एमपीईजी-फोर (MPEG-4), एएसी (एडभान्स्ड अडियो कोडेक), एएलएसी (एप्पल लससेल अडियो कोडेक) जस्ता फर्म्याट सपोर्ट गर्छ ।

 

गुगल रेकर्डर (Google Recorder)

एन्ड्रोइडमा भोइस रेकर्डिङका लागि गुगलको आफ्नै रेकर्डर एप उत्कृष्ट छ । एपमा ट्रान्स्क्रिप्सन एन्ड भिजुअलाइजिङ साउन्डस् जस्ता फिचर समेत रहेका छन् ।

तर यति हुँदाहुँदै पनि एपमा सीमितता छन् । जस्तैः पिक्सेल डिभाइसमा मात्र यो एपले  काम गर्छ । त्यस्तै कोडेक सपोर्ट पनि सीमित मात्रामा मात्रै रहेको छ । 

 

भोइस रेकर्डर एन्ड अडियो एडिटर (Voice Recorder and Audio Editor)

यो एपले भोइस रेकर्ड बाहेक अन्य विभिन्न सुविधा पनि उपलब्ध गराएको छ । जस्तै: ट्रान्स्क्राइबिङ र डिक्टेटिङ (transcribing and dictating) जस्ता काम यो एपबाटै गर्न सकिन्छ ।

प्रयोगकर्ताले यो एपबाट जति पनि क्लिपहरू रेकर्ड गर्न सक्छन् । तर अडियो ट्रान्सक्राइबका लागि भने शुल्क तिर्नु पर्ने हुन्छ । एपको सशुल्क भर्सन पनि रहेको छ ।

यदि तपाईंले एपको सब्स्क्रिप्सन लिनु भयो भने कल रेकर्ड गर्न पनि सक्नुहुन्छ । त्यस्तै पासवर्ड प्रोटेक्सन, प्लेब्याक स्पिड, ट्रिम वा लुप रेकर्डिङ जस्ता फिचर पनि यो एपमा रहेका छन् । 

 

रेकर्डर प्लस: भोइस रेकर्डर (Recorder Plus: Voice Recorder)

चलाउनका लागि यो एपको इन्टरफेस निकै सरल छ । प्रयोगकर्ताले अरु कुनै एप चलाउँदै यसबाट अडियो रेकर्ड गर्न सक्छन् । एपमा कुन गुणस्तरको अडियो रेकर्ड गर्ने भनेर चयन गर्न सकिन्छ ।

त्यस्तै यसबाट सामान्य एडिट गर्न पनि सकिन्छ । साथै एपले एमपीथ्री (MP3), एमपीफोर(MP4), सीएएफ (CAF), वेभ(WAVE), एमफोरए (M4A) जस्ता फाइल फर्म्याटहरू सपोर्ट गर्छ ।

 

अडियो शेयर (Audio Share)

संगीतकार वा अन्य सिर्जनशील काम गर्नेहरूका लागि यो एप निर्माण गरिएको कम्पनीको दाबी छ । एपको प्रयोग गरी बाह्य माइक्रोफोनबाट पनि अडियो रेकर्ड गर्न सकिन्छ ।

यसले धेरै प्रकारका फाइलहरू सपोर्ट गर्छ । यसबाट भिन्नभिन्न स्तरीय अडियो रेकर्ड गर्ने, एडिट गर्ने र कन्भर्ट गर्ने जस्ता काम गर्न सकिन्छ ।

 

इजी भोइस रेकर्डर (Easy Voice Recorder)

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध यो एप भोइस रेकर्डिङका लागि निकै सहयोगी छ । एपमा नोइज र ईको रिडक्सन, हाई क्वालिटी रेकर्डिङ जस्ता फिचर रहेका छन् ।

त्यस्तै यो एप वेयर अपरेटिङ सिस्टममा पनि चल्छ । यस्तै यो एपको प्रयोग गरेर तपाईंले घडीबाट नै अडियो रेकर्डिङ गर्न पनि सक्नु हुन्छ । 

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

डल्बी अन (Dolby On)

विभिन्न फिल्टरहरूको सहयोगमा यो एपले रेकर्ड हुने अडियोको गुणस्तर बढाउने काम गर्छ । मुख्य फिल्टरहरूमा नोइज रिडक्सन, फेड इन, फेड आउट आदि रहेका छन् ।

यससँगै एटिड भएका फाइलहरूलाई सोझै एपबाट विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्न सकिन्छ ।  एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

एएसआर भोइस रेकर्डर (ASR Voice Recorder)

अरु तिर शुल्क तिरेर मात्र प्रयोग गर्न सकिने अधिकांश फिचरहरू यो एपमा भने निःशुल्क उपलब्ध छन् । यो एपले एमपीथ्री, एफएलएसी, डब्लूएभी, ओजीजी र एमफोरए जस्ता अडियो कोडेकहरू सपोर्ट गर्छ ।

त्यस्तै एपबाट रेकर्ड गर्दा नबोलिएका भाग हटाउन र प्लेब्याक कन्ट्रोल गर्न सकिन्छ । योसँगै रेकर्ड भएको फाइलमा टिप्पणी राखेर क्लाउड प्लेटफर्म ड्रपबक्स, गुगल ड्राइभ आदिमा अपलोड गर्न सकिन्छ ।   

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ २०:३८