वर्ल्डलिङ्कको वेबसाइटबाट इन्टरनेट खरिद गर्दा पूर्ण क्याशब्याक र स्मार्टटिभी जित्ने अवसर
चैत १४, २०७९ १६:४१
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले नयाँ अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीको वेबसाइटबाट कुनै इन्टरनेट प्याकेज खरिद गर्दा शतप्रतिशत क्याशब्याकदेखि स्मार्ट टिभीसम्म जित्न सकिने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार ग्राहकले वर्ल्डलिङ्कको वेबसाइटबाट इन्टरनेट प्याकेज खरिद गर्दा तुरुन्तै एक हजार रुपैयाँ क्याशब्याक र मुभी टिकट जित्न सक्नेछन् ।
साथै हरेक हप्ता लक्की ड्रमार्फत ग्राहकले पूर्ण क्याशब्याक पाउन सक्नेछन् । त्यस्तै हरेक महिना स्मार्ट टिभी जित्ने मौका रहनेछ ।
प्याकेज खरिद गरेको २४ घण्टाभित्र इन्टरनेट कनेक्सन गरिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १६:४७
