close

वर्ल्डलिङ्कका इन्टरनेट ग्राहक ८ लाख नाघे

टेकपाना टेकपाना

भदौ २३, २०८० १२:३२

वर्ल्डलिङ्कका इन्टरनेट ग्राहक ८ लाख नाघे

 

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका ग्राहक आठ लाख नाघेका छन् । २८ वर्षअघि स्थापना भएकाे वल्डलिङ्कले हालै ग्राहक सङ्ख्यामा याे आँकडा पार गरेको हो ।

आठ लाख घरधुरीमा इन्टरनेट पुगेको अवसरमा कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सम्पूर्ण ग्राहक, कर्मचारी र शुभचिन्तकप्रति आभार प्रकट गरेको छ ।

‘सबैलाई जहाँ पनि सधैं जोड्ने’ लक्ष्य सहति डिजिटल नेपालको भविष्य सुनौलो बनाउन निरन्तर लागि परेको वर्ल्डलिङ्कको भनाइ छ ।

कम्पनीले आफ्नो इन्टरनेट सेवा सातै प्रदेशका ७३ जिल्लामा विस्तार गरिसकेको छ । अब बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा पनि चाँडै इन्टरनेट सेवा पुर्‍याउने याेजना ल्याएकाे छ ।

हाल कम्पनीले २००, २५०, ३०० एमबीपीएस लगायतका अन्य गतिका इन्टरनेट सेवा दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८० १२:३२