काठमाडौं । २० युनिटभन्दा कम बिजुली उपभोग गर्ने गरिब तथा विपन्न जनताले महसुल तिर्नु नपर्ने भएको छ । बिहीबार सार्वजनिक सरकारका न्यूनतम कार्यक्रममा यस्तो योजना समेटिएको हो ।
सरकारले ५० युनिटसम्म बिजुली उपभोग गर्ने जनताको महसुल घटाउने तयारी पनि गरेको छ ।
त्यस्तै सिँचाइमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदेयाममा २० प्रतिशत महसुल छुट दिने योजना ल्याइएको छ ।