काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मन्त्रालयहरूले असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर आइतबारबाट उठाउन बन्द गरेको छ ।
यो विषयमा मेयर बालेनले आफ्नो सामाजिक सञ्जालमा १४ बुँदे स्पष्टीकरण लेखेका छन् । उक्त स्पष्टीकरणमा मेयर बालेनले १४ मन्त्रालयले महानगरपालिकालाई कसरी असहयोग गरेको छ भन्ने विषष उल्लेख गरेका छन् । ती मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अव्यवस्थित तार व्यवस्थापनमा महानगरपालिकालाई असहयोग गरेको उनको गुनासो छ ।
उनका अनुसार महानगरपालिकाले सञ्चार मन्त्रालयका दुई मन्त्रीसँग आईएसपी र टेलिकमको एकिकृत पूर्वाधार सञ्चालन गरी देशभर रहेका पोलमा तार व्यवस्थापन गर्न पहल गर्दा पनि काम हुन नसकेको बताएका छन् ।
उनले लेखेका छन्, "ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् - २ मन्त्रीसँग पहल।" साथै ट्राफिक लाइट व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहमति भइ माइन्युट नै बन्दा सम्म पनि कार्यान्वयन हुन नसकेको उनकव गुनासो छ ।