ईभी मर्मत सम्बन्धी ६ महिने 'अन द जब ट्रेनिङ' दिँदै काठमाडौँ महानगर, यसरी दिनुहोस् आवेदन
साउन २२, २०८२ १५:५०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्युतीय सवारी (ईभी) तथा अन्य सवारी साधन मर्मत सम्बन्धी प्रारम्भिक तालिम लिएकाहरूले ६ महिने अन द जब ट्रेनिङमा सहभागी हुन पाउने भएका छन् । बिहीबार एक सूचना प्रकाशित गर्दे महानगरको सामाजिक विकाश विभागले अधिकतम १९ जनाका लागि यस किसिमको तालिम खुलाएको हो ।
महानगरको प्रारम्भिक तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूलाई काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र सम्बन्धित कम्पनी, औद्योगिक प्रतिष्ठानसँगको सहकार्यमा यस्तो तालिम दिइनेछ । इच्छुक प्रशिक्षार्थीहरूले यहाँ क्लिक गरी तोकिएको अनलाइन फाराम भरेर सात दिनभित्र आवेदन दिन सक्नेछन् ।
२८ साउनसम्म आवेदन दिनेहरू मध्येबाट छनौट भएका प्रशिक्षार्थीहरूको तालिम १ भदौ २०८२ देखि सुरु हुनेछ । थप जानकारीका लागि तलको सूचना हेर्न सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १५:५०
