close

अब स्विच अफ हुँदा पनि हराएको एन्ड्रोइड फोन पत्ता लगाउन सकिने

टेकपाना टेकपाना

चैत २७, २०७९ १३:५

अब स्विच अफ हुँदा पनि हराएको एन्ड्रोइड फोन पत्ता लगाउन सकिने

काठमाडौं । यदि तपाईंको फोन हराएर अफ भयो भने भेटिने कुरा लगभग असम्भव जस्तै हुन्छ । हुन त एन्ड्रोइडमा यस्ता थुप्रै तरिका छन्, जसको सहायताले हराएको फोन ट्रयाक गर्न सकिन्छ । तर, यस्ता तरिका प्रयोग गर्दा हराएको फोन अफ छ भने काम गर्दैनन् ।

यसो त एप्पलका डिभाइसमा पनि 'फाइन्ड माइ डिभाइस' भन्ने फिचर रहेको हुन्छ, जसले डिभाइस अफ छ भने पनि ट्रयाक गर्न सघाउँछ ।

कम्पनीका अनुसार यस फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्नो डिभाइस वाई-फाई वा ब्लुटुथको रेन्जभन्दा टाढा छ भने पनि ट्रयाक गर्न सक्छन् ।

तर, एन्ड्रोइडमा भने यस्तो विशेषता छैन । गुगलले डिसेम्बर २०२२ मा 'फाइन्ड माइ डिभाइस'का लागि यस्तो फिचरका सम्भावनाबारे खोजी गरेको थियो, जसको सहायताले डिभाइस इन्टरनेटको पहुँचमा नहुँदा पनि भेटाउन सकोस् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ९१ मोबाइललाई प्राप्त सूचनाअनुसार गुगल अहिले फोन अफ हुँदा पनि भेटाउन सकिने फिचरमा काम गरिरहेको छ ।

गुगलले यस्तो फिचर ल्याउनका लागि त्यस्तो हार्डवेयर टुलमा काम गरेको सङ्केत दिएको छ । यसको सहायताले फोन अफ हुँदा पनि भेटाउन सकिने ९१ मोबाइलले उल्लेख गरेको छ ।

यसले कसरी काम गर्छ त ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बाहिरिएका जानकारी अनुसार फोन अफ हुँदा पनि ब्लुटुथ हार्डवेयर भने अफ भएको हुनेछैन । ब्लुटुथ हार्डवेयरलाई अल्ट्राब्यान्ड (UWV) टेक्नोलिजीमा जोडेको खण्डमा गुगलको सर्भरले फोनको लोकेसन ट्रयाक गर्न सक्ने बताइएको छ ।

यस्तो फिचरले काम गर्नका लागि पनि ब्लुटुथ मोड्युलमा जतिबेलै पावर (विद्युत प्रवाह) हुनुपर्ने बताइएको छ । यस्तो फिचर कुन एन्ड्रोइड फोनले सपोर्ट गर्छन् भन्ने कुरा स्पष्ट छैन । सम्भवतः यो फिचर पिक्सेल ८ सिरिजमा देख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १३:१७