close

अब कुनै पनि एन्ड्रोइड फोनमा पिक्सेल फोनको अनुभव लिन सकिने

टेकपाना टेकपाना

चैत २९, २०७९ ९:२९

अब कुनै पनि एन्ड्रोइड फोनमा पिक्सेल फोनको अनुभव लिन सकिने

काठमाडौं । अब कुनै पनि एन्ड्रोइड फोनमा पिक्सेल फोनको अनुभव लिन सकिनेछ । गुगलले सार्वजनिक गर्ने पिक्सेल लन्चर पिक्सेल डिभाइसका लागि मात्र हुने गर्थ्यो । 

अब भने पिक्सेल लन्चर कुनै पनि एन्ड्रोइड फोन सपोर्ट गर्ने गुगलले जनाएको छ । मिशाल रहमान नामक डेभलपरले हालै सार्वजनिक गरेको यो नयाँ एपको नाम 'पिक्सेल सर्च' हुन्। 

यो एप प्रयोग गरेर प्रयोगकर्ताले पिक्सेल लन्चरलाई आफ्नै एन्ड्रोइड फोनमा अनुभव गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको सर्च गर्ने अनुभव थप उत्कृष्ट बनाउने कम्पनीको विश्वास छ । 

एप इन्स्टल गरेपछि प्रयोगकर्ताले पिक्सेल सर्च आईकनमा क्लिक गरेर यो फिचर प्रयोग गर्न सक्नेछन् अथवा गुगल भ्वाइनस सर्च पनि प्रयोग गर्न सकिनेछ । 

यसपछि प्रयोगकर्ताले आफ्नो मोबाइलमा पिक्सेल फोनमा जस्तै युआई देख्न सक्नेछन् । साथै यसमा अन्य इन-एप सर्चहरू पनि उपलब्ध छन् भने नेटफ्लिक्स, ट्वीटर, बिङ र स्पोटीफाइ प्रयोगकर्ताले अन्य डिभाइसमा भन्दा फरक फिचरहरू प्रयोग गर्न पाउनेछन् । 

यसका साथै यो एप प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो मोबाइलको थिम परिवर्तन, वेबसर्च, कन्ट्याक्ट,अन्य एपहरूको प्रयोग, फाइल सर्च लगायत धेरै काम गर्न सकिन्छ । यद्यपि मोबाइलको सिस्टम सेटिङका लागि यो एप उपयोगी छैन ।  
 

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ ९:३०