close

टेलिकमको नयाँ वर्ष अफरः रु. १९९ मा १३ जीबी डेटा, ५०० को रिचार्ज गर्दा ८ जीबी डेटा बोनस

टेकपाना टेकपाना

चैत २९, २०७९ १४:२५

टेलिकमको नयाँ वर्ष अफरः रु. १९९ मा १३ जीबी डेटा, ५०० को रिचार्ज गर्दा ८ जीबी डेटा बोनस

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई लक्षित गर्दै 'नयाँ वर्ष २०८० अफर' ल्याएको छ । भोलि बिहीबारदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुने अफरमा कम्पनीले भ्वाइस, डेटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ ।

कम्पनीले रु. ४९ मा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत रु. ९८ मा तीन दिन चलाउन सकिने ६ जीबी डेटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डेटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध गराउने छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दासमेत 'बोनस अन रिचार्ज'को रुपमा डेटा प्याकेज उपलब्ध गराउने छ । यसअनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १४:५८