close

क्रोमका करोडौं प्रयोगकर्तालाई गुगलको चेतावनी, तत्काल ब्राउजर अपडेट गर्न आग्रह

टेकपाना टेकपाना

बैशाख ३, २०८० १२:१

क्रोमका करोडौं प्रयोगकर्तालाई गुगलको चेतावनी, तत्काल ब्राउजर अपडेट गर्न आग्रह

काठमाडौं । क्रोमका हाल ३ अर्ब भन्दा बढी प्रयोगकर्ता रहेका छन् । यस्तोमा यी सबै प्रयोगकर्ताले क्रोमको नयाँ भर्सन अपडेट गर्नुपर्ने भएको छ । गुगल क्रोमको पुरानो भर्सनमा ‘जिरो–डे अट्याक’ फेला परेको भन्दै त्यसको समाधान सहित नयाँ भर्सन जारी गरेको गुगलले आफ्ना ब्लग पोस्टमार्फत जानकारी दिएको हो ।

‘जिरो–डे अट्याक’ यस्तो साइबर आक्रमण हो, जसको बारेमा कम्पनीका साइबर सुरक्षाकर्मीसमेत अनभिज्ञ हुन्छन् । सामान्य शब्दमा भन्नुपर्दा ‘जिरो–डे’ भनेको डेभलपर वा कम्पनीलाई समस्या समाधानका लागि शुन्य दिनको समय हुनु हो । यसको अर्थ कमजोरी भेटिने बित्तिकै समाधान गर्नुपर्ने हुन्छ ।

यस्ताेमा कम्पनीले समाधान सहित नयाँ भर्सन सार्वजनिक गर्दै तत्काल नयाँ भर्सन अपग्रेड गर्न सबै प्रयोगकर्तालाई आग्रह गरेको हो । कम्पनी अनुसार यो समस्या विन्डोज, म्याक र लिनक्स सबै भर्सनमा रहेको छ । जसमार्फत प्रयोगकर्ताले असुरक्षित ब्राउजरमा सहजै पहुँच बनाउन सक्ने जनाइएको छ ।

यो कमजोरी गुगलको थ्रेट एनालिसिस ग्रुपले पत्ता लगाएको हो । त्यसको आधारमा यसको प्याच सहित कम्पनीले गुगल क्रोमको नयाँ भर्सन सार्वजनिक गरेको उल्लेख गरिएको छ ।
 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १२:१