close

मानिसलाई मंगल ग्रह लैजाने एलन मस्कको पहिलो कदम

टेकपाना टेकपाना

बैशाख ८, २०८० १९:५६

मानिसलाई मंगल ग्रह लैजाने एलन मस्कको पहिलो कदम

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले शक्तिशाली अन्तरिक्षयान 'स्टारशिप' प्रक्षेपण गरेको छ । अहिलेसम्मकै ठूलो र शक्तिशाली दाबी गरिएकाे याे अन्तरिक्षयान  टेक्सासबाट प्रक्षेपण गरिएको हो ।

यो प्रक्षेपणलाई मानिसलाई मंगल ग्रहमा पुर्‍याउने पहिलो पाइलाको रुपमा हेरिएको छ । अघिल्लो हप्ता रद्द भएको प्रक्षेपण शुक्रबार राति सम्पन्न भएको हो । प्रक्षेपण भएको चार मिनेटपछि यान विस्पोट भएर झरेको थियो ।

अन्तरिक्षयानको प्रणालीमा भएको दुईओटा पाटो बुस्टर र क्रुज भेसल नछुट्टिएपछि उक्त यान विस्फोट भई झरेको बताइएकाे छ । यद्यपि यस विषयमा औपचारिक धारणा भने आएको छैन ।

यो परीक्षण उडान डेटा संकलन गर्नको लागि प्रक्षेपण गरिएको थियो । यो कतिको सफल भयो भन्ने विषयमा भने कम्पनीले आधिकारिक रिपोर्ट दिन बाँकी नै छ । कम्पनीले भने एक विज्ञप्ति जारी गर्दै प्रक्षेपण त्यति आकर्षित हुन नसकेको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १९:५६