close

कनेक्ट आईपीएसको नेपाल पे इन्स्ट्यान्टमार्फत यो महिनाभर निःशुल्क पैसा पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख १०, २०८० १९:९

कनेक्ट आईपीएसको नेपाल पे इन्स्ट्यान्टमार्फत यो महिनाभर निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । वैशाख महिनाभर कनेक्ट आईपीइसको 'नेपाल पे इन्स्यान्ट'मार्फत निःशुल्क रकम ट्रान्सफर गर्न सकिने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नयाँ वर्षको अवसरमा यस्तो अफर ल्याएको हो ।

कनेक्ट आईपीएसमा रहेको 'नेपाल पे इन्स्ट्यान्ट' मार्फत कुनै पनि बैंक खातामा मोबाइल नम्बर मात्रै राखेर रकम पठाउन सकिन्छ । कम्पनीले नयाँ वर्षको अवसरमा यसरी रकम पठाउँदा लाग्ने शुल्कलाई वैशाख महिनाभरका लागि निःशुल्क बनाएको हो ।

 

नेपाल पे इन्स्ट्यान्ट मार्फत रकम पठाउने तरिका 

-   सबैभन्दा पहिला कनेक्ट आईपीएस खोलेर आफ्नो युजरनेम र पासवर्ड राखी लगइन गर्नुहोस् ।

-   त्यसपछि सबैभन्दा माथि रहेको 'फन्ड ट्रान्सफर'को सेक्सनमा 'नेपाल पे इन्स्ट्यान्ट'को अप्सनमा थिच्नुहोस् ।

-   अनि, सेन्डर अकाउन्टमा आफ्नो बैंक अकाउन्ट छान्नुहोस्, ट्रान्जेक्सन अमाउन्टमा रकम राख्नुहोस् ।

-   यति गरेपछि बेनिफिसरी डिटेल्सको सेक्सनमा रहेको नेटवर्क वा बैंकको अप्सनबाट आफूले रकम पठाउन चाहेको माध्यम छान्नुहोस् । जहाँबाट कनेक्ट आईपीएस, बैंक, वालेट तथा भुक्तानी सेवाप्रदायकमा नेपाल इन्स्ट्यान्टको अप्सन प्रयोग गरी रकम पठाउन सकिन्छ ।)

-   यदि बैंक छान्नुभयो भने बैंकको नाम राख्नुहोस् । त्यसपछि तल फोन नम्बर राखेर अन्तिममा ट्रान्जेक्सन डिटेल भर्नुहोस् ।

-  यति गरेर पेको अप्सनमा गइ ट्रान्जेक्सन पिन राख्नुभयो भने निःशुल्क रकम पठाउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० १९:९