close

यस्तो हुनेछ एप्पलको एआर/भीआर हेडसेट

टेकपाना टेकपाना

बैशाख ११, २०८० १०:३३

यस्तो हुनेछ एप्पलको एआर/भीआर हेडसेट

काठमाडौं । ब्लुमबर्गको एप्पलको मिक्स्ड अर्थात् एआर/भीआर हेडसेटको विषयमा हालै एक नयाँ जानकारी सार्वजनिक गरेको छ । यही ५ जुनमा कम्पनीको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा कम्पनीले एआर  र भीआर दुवैको फिचर भएको हेडसेट सार्वजनिक गर्ने योजना बनाएको छ ।

बजारमा चर्चामा रहेको एप्पल एआर/भीआर हेडसेटका केही फिचरहरू बाहिर आएको छ । ब्लुमबर्गका अनुसार यो हेडसेटमा कुनै नयाँ वा फरक एप हुनेछ भन्ने कुनै संकेत छैन । 

यसको अर्थ हो एप्पल वाचमा जस्तै यो हेडसेटमा पनि केही फिटनेस एपहरू हुनेछन् । साथै हेडसेटमा केही किताबका एपहरू हुनेछन् जसको माध्यमबाट प्रयोगकर्ताले हेडसेटमा नै भर्चुअल किताब पढ्न सक्नेछन् ।

एप्पलले आफ्नो हेडसेटमा धेरैजसो आईप्याडका एपहरू समावेश गरेको छ । यसमा बुक्स, क्यामेरासँगै सम्पर्क नम्बरहरू, फेसटाइम, फाइल्स, फ्रिफर्म, मेल, म्याप, मेसेज, म्युजिक, नोट्स, फोटोज, रिमाइन्डर, सफारी, स्टक्स, टिभी तथा वेदर लगायतका एपहरू उपलब्ध हुनेछन् । 

साथै केही थर्ड-पार्टी एपहरू पनि उपलब्ध हुने बताइएको छ । 

यसमा स्पोर्टसको लाइभ स्ट्रिम फिचर पनि उपलब्ध हुनेछ । यसको साथै यो हेडसेटलाई म्याकको लागि एक्स्टर्नल डिस्प्लेको रुपमा पनि प्रयोग गर्न सकिने बताइएको छ । 

यो हेडसेटले भिडिओ कन्फ्रेन्सलाई थप आकर्षित बनाउने विश्वास लिइएको छ । भर्चुअल मिटिङ रुममा अवतारहरू प्रयोग गरेर कन्फ्रेन्स आयोजना गर्न सकिनेछ । 

हाल बजारमा यो हेडसेटको मूल्य ३००० डलरसम्म पर्न सक्ने अनुमान छ । 
 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० १०:३३