close

नेपाल टेलिकमको मोबाइल सेवा दुई दिनसम्म राति १२ बजेपछि नचल्ने

टेकपाना टेकपाना

बैशाख १३, २०८० २०:३६

नेपाल टेलिकमको मोबाइल सेवा दुई दिनसम्म राति १२ बजेपछि नचल्ने

काठमाडौं । नेपाल टेलिकमको सेवा दुई दिनसम्म राति १२ बजेपछि नचल्ने भएको छ ।

टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा मर्मत सम्भारको काम हुने हुँदा वैशाख १३ र १४ गते राति १२ बजेपछि सेवा प्रभावित हुने भएको हो ।

''नियमित मर्मतसम्भार गर्ने योजना रहेको हुँदा सो समयमा छोटो अवधिका लागि जीएसएम सेवा अवरुद्ध हुनसक्ने जानकारी गराइन्छ,'' कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

तर कति समयसम्म सेवा अवरुद्ध हुने हो भन्ने विषयमा भने कम्पनीले बताएको छैन ।

No description available.

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० २०:३६