close

फेसबुकका सीईओ जुकरबर्गले आफ्नी छोरीका लागि तयार पारे थ्रीडी प्रिन्टेड ड्रेस

टेकपाना टेकपाना

बैशाख १७, २०८० १६:७

फेसबुकका सीईओ जुकरबर्गले आफ्नी छोरीका लागि तयार पारे थ्रीडी प्रिन्टेड ड्रेस

काठमाडौं । फेसबुक तथा मेटाका सीईओ मार्क जुकरबर्ग डिजाइनिङ तथा थ्रीडी प्रिन्टिङको माध्यमबाट कपडा बनाउन सिकिरहेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा एक पोस्ट गर्दै यस बारे जानकारी दिएका हुन् ।

मार्क जुकरबर्गले आफैँ तयार पारेको ड्रेसका केही तस्वीर शेयर गर्दै लेखेका छन्, "मलाई चिजबिज बनाउने सोख छ र हालै महिलाहरूसँग मलेर थ्रीडी प्रिन्टिङ ड्रेस बनाउन सुरु गरेको छु । पछिल्ला केही महिनाको प्रोजेक्ट... (हो मलाई सिलाई बुनाई सिक्नु छ ।)" जुकरबर्गले जुन तस्वीर शेयर गरेका छन् ,त्यसमा उनकी छोरी थ्रीडी प्रिटिङबाट बनाइएका ड्रेस लगाएकी देखिन्छिन् ।

यस अघि जुकरबर्गले गत वर्ष थ्रीडी प्रिन्टिङको माध्यमबाट तयार पारिएको एक सुटको तस्वीर सार्वजनिक गरेका थिए । त्यसबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, "मेक्सिको सुटको पहिलो पिस थ्रीडी प्रिन्टिङ पूरा भयो ।"

मार्क जुकरबर्ग एक महिना अघि मात्र तेस्री छोरीका बुबा बनेका थिए । जसको नाम उनले अरेलिया राखेका छन् । यस बाहेक उनकी पाँच वर्षकी अर्की छोरी अगस्त र सात वर्षकी जेठी छोरी मेक्सिमा हुन् ।

मार्क जुकरबर्गले सन् २००३ मा प्रिसिला चानसँग विवाह गरेका थिए । दुवै जनाको पहिलो भेट हार्वर्ड युनिभर्सिटीमा भएको थियो । यस विषयमा उनले सन् २०१० मा फेसबुकमार्फत जानकारी दिएका थिए । उनीहरूको विवाह भने सन् २०१२ मा भएको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० १६:१२