close

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

टेकपाना टेकपाना

बैशाख १८, २०८० २०:०

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति भएको छ ।

सोमबार सरकारका तर्फबाट उपप्रधान तथा रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । योसँगै अध्यक्ष पुनकाे नेतृत्वमा शुक्रबारदेखि माइतीघर मण्डलामा जारी धर्ना स्थगित भएको छ ।

सम्झाैता अनुसार सरकारले एउटा कोष स्थापना गर्नेछ, जसमार्फत् अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यमा लगानी गरिनेछ । कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ ।

साथै अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारसम्बन्धी काम गर्न आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउने सहमति भएको छ ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानूनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानूनी सुधारमा सहजीकरण गर्ने सहमति पनि भएकाे छ । 


पछिल्लो अध्यावधिक: बैशाख १८, २०८० २०:५