close

‘आई’ प्रोसेसरको सट्टा अब ‘कोर अल्ट्रा’ नाममा चिप उत्पादन गर्दै इन्टेल

टेकपाना टेकपाना

बैशाख १९, २०८० १५:५०

‘आई’ प्रोसेसरको सट्टा अब ‘कोर अल्ट्रा’ नाममा चिप उत्पादन गर्दै इन्टेल

काठमाडौं । इन्टेलले ‘आई’ बाट नाम सुरु भएको कोर प्रोसेसर अब बजारमा नल्याउने भएकाे छ । सन् २००६ बाट निर्माण सुरु भएको कोर ‘आई’को सट्टा अब कम्पनीले ‘कोर अल्ट्रा’ ब्रान्डमा चिप उत्पादन गर्ने भएको छ ।

कम्पनीले मेटियर लेक चिप्सका लागि उक्त नयाँ नाम नामकरण गरेको हो । यसअघि इन्टेलले २०२३ मा मेटियर लेक चिप्सको उत्पादन गर्ने र वर्षको अन्त्यबाट बजारीकरण सुरु गर्ने योजना बनाएको थियो ।

त्यस्तै यो चिपमा हाइब्रिड कोर, पावर कम खपत गर्ने, नेक्स्ट-जेन ग्राफिक्स इन्जिन र एआई एकीकृत एक्सेलेरेसन फिचर हुने जनाइएको छ । उक्त चिप अघिल्लो पुस्ताको ‘आई’ चिपको तुलनामा धेरै सुधारिएकाे हुने कम्पनीकाे भनाइ छ ।

यद्यपि अन्य चिपसँग यो चिप कसरी फरक हुन्छ भन्ने कुरा भने अन्योल नै रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १६:१६