close

राष्ट्रिय परीक्षा बोर्डको नाममा नक्कली फेसबुक पेज

टेकपाना टेकपाना

जेठ १, २०८० ९:५९

राष्ट्रिय परीक्षा बोर्डको नाममा नक्कली फेसबुक पेज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नाममा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा नक्कली अकाउन्ट बनाइ भ्रामक सूचना सम्प्रेषण गरेको पाइएको छ ।

बोर्डका अनुसार फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायतमा बोर्डको लोगो समेत दुरुपयोग गरी नक्कली अकाउन्ट बनाइ जथाभाबी सूचना प्रवाह गरेको पाइएको हो । यस्तो कामले सरोकारवाला एवं सर्वसाधारणलाई भ्रमित पार्ने काम भएकोले यस्ता गलत अकाउन्टहरूमा आएका सूचनामा विश्वास नगर्न बोर्डले आग्रह गरेको छ । 

"बोर्डको आधिकारिक सूचना तथा विवरणहरू बोर्डको वेबसाइट www.neb.gov.np मा मात्र आउने हुँदा सो बाहेक अन्य पेज तथा सामाजिक सञ्जालमा आउने कुनै पनि सूचना तथा समाचारकव भ्रमम नपर्न हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ," बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । 

साथै गलत सूचना सम्प्रेषण गरी विद्यार्थीमा भ्रम सृजना गर्ने कार्यलाई निरुत्साहन गर्नको लागि बोर्डले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।      
 

पछिल्लो अध्यावधिक: जेठ १, २०८० ९:५९