close

छ वर्षमा जापानबाट ९४ अर्ब बढीको क्रिप्टो चोरी

टेकपाना टेकपाना

जेठ २, २०८० ११:०

छ वर्षमा जापानबाट ९४ अर्ब बढीको क्रिप्टो चोरी

काठमाडौं । उत्तर कोरियाका ह्याकरले जापानबाट ९४ अर्ब बढीको क्रिप्टोकरेन्सी चोरी गरेको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार उत्तर कोरियासँग आबद्ध ह्याकरले जापानबाट सन् २०१७ देखि आजको दिनसम्म ७२ करोड १० लाख डलर (९४ अर्ब ७२ करोड ४९ लाख ८० हजार रुपैयाँ) बराबरको क्रिप्टो चोरी गरेको छ । 

यो रकम गत सात वर्षमा विश्वभर भएको कुल क्रिप्टो चोरीको ३० प्रतिशत हो । बेलायती ब्लकचेन एनलाइसिस कम्पनी एलिप्टिकले सार्वजनिक गरेको रिपोर्टले यो विषय बाहिर ल्याएको हो ।  

शनिबार मात्रै जापानका पूर्व तथा हाल बहालवाला अर्थमन्त्रि र केन्द्रिय बैंकका गभर्नरहरूले सामूहिक विज्ञप्ती जारी गर्दै दैनिक रुपमा बढिरहेको यस्ता चुनौतीलाई सामना गर्न आफूहरू सहयोगका लागि तयार रहेको बताएका थिए । 
विज्ञप्ती जारी भए लगत्तै कम्पनीले यो रिपोर्ट सार्वजनिक गरेको रोयटर्समा उल्लेख छ ।

एलेप्टिकले यो रिपोर्ट एक जापानी पत्रिकाको लागि सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार सन् २०१७ देखि २०२२ को बिचमा भएको कुल क्रिप्टो चोरी मध्ये व्यावसायिक कम्पनीहरुको मात्र २ अर्ब ३० करोड डलर बराबरको क्रिप्टो रहेको छ ।
 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० ११:०