close

लगानी अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्था अन्त्य गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ ५, २०८० १६:५६

लगानी अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्था अन्त्य गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले लगानी योग्य पूँजी अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‌मा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत यस्तो घोषणा गरेका हुन् ।

“उच्च प्रविधिमा आधारित उद्योगको विकास गर्न औद्योगिक वातावरण निर्माण गरिनेछ,” नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, “रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सीप, पूँजी र व्यवसायिक तालिम उपलब्ध गराइनुका साथै सुरुवाती व्यवसाय गर्न आवश्यक पर्ने बिउ पूँजी सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइनेछ ।”

यस्तै नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहित गर्ने नीति समेत सरकारले लिने बताइएको छ । नवप्रवर्तनको क्षेत्रमा काम गर्न चाहने युवाहरूको दक्षता तथा सीपको उपयोग गरी उद्यम व्यवसाय प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन घोषणा पनि सरकारले गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १६:५६