close

देशका मुख्य सहरमा मेट्रो रेल तथा मोनो रेल सञ्चालनको अध्ययन गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:१७

देशका मुख्य सहरमा मेट्रो रेल तथा मोनो रेल सञ्चालनको अध्ययन गरिने

काठमाडौं । सरकारले देशका मुख्य सहरहरूमा मेट्रो रेल तथा मोनो रेल सञ्चालनका लागि आवश्यक अध्ययन अगाडि बढाउने भएको छ । 

शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

“प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा मुख्य सहरहरूमा मेट्रो रेल, मोनो रेल तथा ट्राम निर्माण तथा सञ्चालनको अध्ययन गरिनेछ,” नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भनेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:१७