close

सरकारले साइबर सुरक्षा सम्बन्धी छुट्टै कानूनसँगै डेटा सुरक्षा नीति बनाउने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:५९

सरकारले साइबर सुरक्षा सम्बन्धी छुट्टै कानूनसँगै डेटा सुरक्षा नीति बनाउने

काठमाडौं । सरकारले साइबर सुरक्षाका लागि छुट्टै कानून ल्याउने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत यस्तो योजना अगाडि सारिएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साइबर सुरक्षा सम्बन्धी छुट्टै कानून निर्माण गरिने बताएका हुन् । "राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याइनेछ," उनले भने, "ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापना गरिनेछ । विद्युतीय तथ्याङ्कको सुरक्षा, भण्डार र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिनेछ ।" 

त्यस्तै अत्यावश्यक सरकारी विद्युतीय सेवाहरूको वास्तविक र नियमित उपलब्धता सुनिश्चित गर्नेगरी डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार गर्ने नीतिगत घोषणा समेत सरकारले गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:५९