close

यसै वर्षभित्र नवप्रवर्तन, अनुसन्धान र आविष्कार कोष गठन गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:११

यसै वर्षभित्र नवप्रवर्तन, अनुसन्धान र आविष्कार कोष गठन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले यसै वर्षभित्र नवप्रवर्तन, अनुसन्धान र आविष्कार कोष स्थापना गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसको जानकारी गराएका हुन् । 

उनका अनुसार नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नव प्रवर्तन तथा आविष्कार कोष स्थापना गरिनेछ । त्यसका लागि संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कार सम्बन्धी कोष सञ्चालन गर्ने विषय पेश गर्ने सरकारको योजना रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:११