close

अब देशका सबै वडा कार्यालयबाट अनलाइन व्यक्तिगत घटना दर्ता

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:२५

अब देशका सबै वडा कार्यालयबाट अनलाइन व्यक्तिगत घटना दर्ता

काठमाडौं । सरकारले अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने सेवालाई देशका सबै वडामा विस्तार गर्ने भएको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनका अनुसार सबै वडा कार्यालयबाट अनलाइन व्यक्तिगत घटना दर्ता कार्यान्वयनमा ल्याउनुका साथै  विदेश स्थित नेपाली कूटनीतिक नियोगबाट पनि व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था मिलाइनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:२६