close

इम्बोस्ड नम्बर प्लेटः उत्पादन २ लाख २९ हजार, तर जडान गर्ने ५१ हजार मात्रै

टेकपाना टेकपाना

जेठ १४, २०८० १६:१९

इम्बोस्ड नम्बर प्लेटः उत्पादन २ लाख २९ हजार, तर जडान गर्ने ५१ हजार मात्रै

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी साधनको सङ्ख्या एकदमै न्यून रहेको पाइएको छ ।

आइतबार सार्वजनिक आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म दुई लाख ५७ हजार ३९४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भए पनि ५१ हजार १९ थान मात्रै जडान भएका छन् । 

२०७९ को असार मसान्तसम्म दुई लाख २९ हजार ४३८ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा जडान गर्नेको सङ्ख्या ३३ हजार ९७२ मात्र रहेको  थियो ।

चालू आर्थिक वर्षको सुरुवातसम्म चार स्थानबाट इम्बोस्ड नम्बर प्लेट जडान तथा वितरण हुँदै आएकोमा चालू आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत इम्बोस्ड नम्बर प्लेट जडान तथा वितरणको कार्य सुरु गरिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १६:१९