काठमाडौं । सरकारले मिडिया हाउस (सञ्चार गृह) लाई आयकरमा २५ प्रतिशत छुट दिने भएको छ । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गरेपछि बनेको आर्थिक विधेयक २०८० ले यस्तो व्यवस्था गरेको हो ।
योसँगै आय वर्ष २०७९/८० मा लाग्ने आयकरमा मिडियाहरूले छुट पाउने भएको हुन् ।
‘मिडिया हाउसको कारोबार गर्ने व्यक्तिलाई आय वर्ष २०७९/८० मा आफ्नो व्यावसायिक उद्देश्य अनुरूपको आयमा आयकर ऐन, २०५८ बजोजिम लाग्ने करमा २५ प्रतिशत छुट हुनेछ,’ विधेयकमा उल्लेख छ ।