काठमाडौं । गत महिना चिनियाँ बजारका लागि सार्वजनिक भएको रियलमी ११ प्रो सिरिजका दुई स्मार्टफोन विश्वबजारका लागि पनि सार्वजनिक भएको छ ।
कम्पनीले रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस सार्वजनिक गरेको हो । रियलमी ११ प्रो प्लस ८ जीबी र्याम सहित २५६ जीबी स्टोरेजमा उपलब्ध छ भने प्रो भर्सन भने ८ जीबी र्याम सहित १२८ जीबी स्टोरेजको भेरयन्टमा उपलब्ध छ ।
विश्वबजारमा ११ प्रो प्लसको मूल्य ५३० डलर (करिब ७० हजार रुपैयाँ) तोकिएको छ भने ११ प्रोको मूल्य भने ४०० डलर (करिब ५३ हजार रुपैयाँ) तोकिएको छ । यी दुवै फोन मा धेरै जसको फिचरहरू उस्तै रहेका छन् । यद्यपि क्यामेरा र ब्याट्री फिचर भने फरक छन् ।
११ प्रो प्लसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो लेन्स र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ । यस्तै ११ प्रोमा भने १०० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।
यी दुवै फोनमा ५,००० एमएएचको ब्याट्री दिइएको छ तर ११ प्रो प्लसले १०० वाटको वायर्ड चार्जिङ सपोर्ट गर्छ भने ११ प्रोले भने ६७ वाटको चार्जर सपोर्ट गर्छ ।
यस्तै दुवै फोनमा डाइमेन्सिटि ७०५० एसओसी चिपसेट प्रयोग गरिएको छ भने दुवै फोनमा १२० हर्जको रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले छ ।