close

ईसेवाको केवाईसी भेरिफाई गर्दा २० रुपैयाँ पाइने

टेकपाना टेकपाना

जेठ २८, २०८० १५:५४

ईसेवाको केवाईसी भेरिफाई गर्दा २० रुपैयाँ पाइने

काठमाडौं । डिजिटल वालेट ईसेवाको केवा‌ईसी भेरिफाई गर्ने प्रयोगकर्ताले २० रुपैयाँ पाउने भएका छन् । कम्पनीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै केवाईसी भेरिफाई गर्ने प्रयोगकर्तालाई २० रुपैयाँ दिने अफरको विषयमा बताएको हो ।

कम्पनीले गत सोमबारदेखि असार १ गतेसम्मका लागि यो अफर ल्याएको जनाएको छ । प्रयोगकर्ताले केवाईसी भरिसकेपछि सब्मिट गर्दा प्रोमोकोड ‘KYC20’ प्रयोग गरेको खण्डमा मात्र २० रुपैयाँ पाउनेछन् ।

यो प्रोमोकोड एउटा प्रयोगकर्ताले एकपटक मात्र प्रयोग गर्न पाउने बताइएको छ । कम्पनीले प्रयोगकर्ताको वालेट अकाउन्टमा केवाईसी एप्रुभ भएको २४ घण्टामा २० रुपैयाँ क्याशब्याक उपलब्ध गराउने प्रतिवद्धता दिएको छ । 

केवाईसी भेरिफाइ‍ गर्दा हुने फाइदाहरू:

प्रयोगकर्ताले केवाईसी भेरिफाई गरिसकेपछि दैनिक दुई हजार ५०० रुपैयाँभन्दा बढीको कारोबार गर्न पाउनेछन् ।

त्यस्तै बैंकमा रकम पठाउने, रेमिट्यान्सबाट रकम पाउने सुविधा पनि केवाईसी भेरिफाई भएका प्रयोगकर्ताले मात्र पाउँछन् । कम्पनीका अनुसार ईसेवाले ल्याउने विभिन्न अफर तथा गिभवेमा केवाईसी भेरिफाई भएका प्रयोगकर्ता मात्र सहभागी हुन पाउँछन् ।

केवाईसी कसरी भर्ने भन्ने जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० १५:५८