close

अब कनेक्ट आई‌पीएसबाट पनि हाम्रो पेमा रकम लोड गर्न सकिने

टेकपाना टेकपाना

जेठ २९, २०८० १२:३

अब कनेक्ट आई‌पीएसबाट पनि हाम्रो पेमा रकम लोड गर्न सकिने

काठमाडौं । अब कनेक्ट आईपीएसबाट पनि ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ ।

कम्पनीले अनौपचारिक कार्यक्रम गर्दै कनेक्ट आईपीएसमा हाम्रो पे इन्ट्रिगेट गरेको हो । यसअघि मोबाइल बैंकिङ र ई-बैकिङ मार्फत रकम लोड गर्न सकिन्थ्यो भने अब सोझै कनेक्ट आईपीएसबाट रकम लोड गर्न सकिनेछ ।

टेकपानासँगको कुराकानीका क्रममा हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिसिर पोखरेलले प्रयोगकर्ताको सहजताका लागि कनेक्ट आईपीएसमा हाम्रो पे इन्ट्रिगेट गरेको जानकारी दिए । 

यससँगै कनेक्ट आईपीएसको होमपेजमा गई ‘ह्वाट्स न्यु’ को सेक्सनमा रहेको ‘हाम्रो पे’ अप्सन छान्नुभयो भने रकम लोड गर्न सकिन्छ । हाम्रो पात्रोमा रहेको ‘हाम्रो पे’को अप्सनमा गइ ‘लोड मनी’ जानुहोस् ।

त्यसपछि रकम र स्रोत छानी लोड मनीको बटनमा ट्याप गर्नुहोस् । अनि कनेक्ट आईपीएसको अप्सनमा गइ आफ्ना विवरण राखेको खन्डमा सोझै रकम लोड गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १२:३