close

त्रिभुवन विमानस्थलले सञ्चालनमा ल्यायो नि:शुल्क विद्युतीय शटल बस सेवा

टेकपाना टेकपाना

असार १, २०८० १८:४५

त्रिभुवन विमानस्थलले सञ्चालनमा ल्यायो नि:शुल्क विद्युतीय शटल बस सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय शटल बस सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रम गर्दै विद्युतीय शटल बस सेवा सञ्चालनमा ल्याएको हो ।

यो भन्दा अगाडि विमानस्थलमा माइक्रोबसमार्फत यो सेवा दिइँदै आएको थियो । उक्त माइक्रोबसलाई विस्थापित गर्दै विमानस्थलमा विद्युतीय बस सञ्चालनमा ल्याइएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवा सुविधा  स्तरवृद्धि गर्ने क्रममा आजबाट वातावरणमैत्री  निःशुल्क इलेक्ट्रिक यात्रु सटल बसको सुरु भएको जानकारी दिएका हुन् । 

विमानस्थलमा आउने यात्रुहरूले गोल्डेनगेट र आन्तरिक टर्मिनलबीच आउजाउ गर्न यो बस प्रयोग गर्न सक्नेछन् । त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनलबाट आएका यात्रु सिधा आन्तरिक टर्मिनलमा जानका लागि पनि यो बस प्रयोग गर्न सकिने उनले बताए । 

  


 

पछिल्लो अध्यावधिक: असार १, २०८० १८:४५