काठमाडौं । नेपाली बजारमा हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घटेको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कर वृद्धिपछि हालै नयाँ बजार मूल्य सार्वजनिक गरेको हो ।
यसअघि एक करोड १६ लाख ९६ हजार पर्ने हुन्डाई आयोनिक फाइभ अब एक करोड दुई लाख ९६ हजारमा खरिद गर्न सकिनेछ ।
कम्पनीले कोना एनएस र कोना जीएलको मूल्यमा कुनै हेरफेर गरेकाे गरेको छैन । हाल कोना एनएसको मूल्य ६० लाख ९६ हजार रुपैयाँ रहेको छ भने कोना जीएलको मूल्य ६१ लाख ९६ हजार रहेको छ ।
कोना जीएलएसको मूल्य भने ४० हजार रुपैयाँले बढाइएको छ । यसअघि ६४ लाख ५६ हजार रुपैयाँ मूल्य रहेको कोना जीएलएस अब ६४ लाख ९६ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।